आज २०८१ साल भदौ १४ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट ३० तारिख। भाद्र कृष्ण पक्षको द्वादशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सञ्चार मन्त्रालयले दिनेशसँगै दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस गरेको थियो । भुवन केसीको...
सरकारले एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त...
बझाङमा भूकम्प गएको छ । बझाङको माशदेव आसपास बिहीबार साँझ ७:३४ बजे ४.३ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, भदौ ७ गते संखुवासभामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो । बझाङमा यसअघि गत...
बाँके- दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा बिहीबार दुर्घटना भएको छ। कोहलपुर-नेपालगञ्ज सडकखण्डस्थित गनापुर नमस्ते रिसोर्ट अगाडि उक्त बस अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । अन्य २५ जना घाइते...
नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा २०८१ को कार्ययोजना लागू गर्ने सन्दर्भमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेले यस वर्ष संगठन र सदस्यता विस्तार गर्ने, पार्टी...
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा सुरु हुनेछ । बैठकमा सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्नेछन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय...
घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिबार कहिले आउँदा भनेर औँला गन्दै बस्छिन्। शनिबार आयो कि आफूले गर्न सक्ने काम छिटो–छिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उनलाई। त्यसको कारण हो डेउडा खेल्नु। शनिबारका दिन घोडाघोडी–१...
गण्डकी र वाग्मती प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८