• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी

  • खबरदाता

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सञ्चार मन्त्रालयले दिनेशसँगै दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस गरेको थियो ।

भुवन केसीको कार्यकाल साउन ९ गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

दिनेश एमाले निकट मानिन्छन् । उनी निर्देशक समाजका पूर्व अध्यक्ष पनि हुन् । उनी चलचित्र निर्देशकसँगै कलाकार तथा सञ्चारकर्मी हुन् ।

चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रको सर्वोच्च संस्था हो ।

  • प्रकाशित मिति : भदौ १३, २०८१, बिहीवार २१:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८