पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधन आवागनमा रोक लगाइएको सडक डिभिजन भरतपुरले जजाएको छ । सडक डिभिजन भरतपुरका अनुसार, देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी...
पृथ्वी राजमार्गको फिस्लिङमा पहिरो खसेको छ। सडकमा ठूला ढुंगा सहितको पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। फिस्लिङ र चुम्लिङटारको बीचमा पहिरो खसेको हो। जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले पहिरो पन्छाउन ३ घण्टाजति लाग्न सक्ने बताए।
सरकारले राजमार्गहरू बन्द गरेपछि देशका विभिन्न स्थानमा यात्रुहरूको सडकमै बिचल्ली परेको छ। खासगरी दसैँ मनाएर कार्यस्थल फर्किन थालेका मानिसहरू समस्यामा परेका छन् । सरकारले बाढीपहिरोको जोखिम उत्पन्न हुनसक्ने भन्दै अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव दिएको थियो । तर अत्यावश्यक परेका यात्रुहरू...
जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान...
काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । तर आज बेलुकादेखि भोलि बिहानसम्म यी स्थानमा भारी वर्षाको चेतावनी विज्ञहरुले दिएका छन् । जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न...
धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ । कोसी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीले दिएको जानकारीअनुसार धरानबाट पाँचथर जाँदै गरेको जीप तमोर नदीमा खसेको हो । जीप करिब पाँच सय मिटर तल खसेको उनले जानकारी...
काभ्रेपलाञ्चोक । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मंगलटारमा सवारी साधन रोकेको छ । यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका...
लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको छ । बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल...
धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– 'धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी (काठमाडौँ जाने बाहेक, पोखरा तर्फको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८