असोज १९, २०८०
चितवन । नेकपा एस ( एकीकृत समाजवादी) ले पार्टीको जागरण अभियान चितवनमा सम्पन्न गरेको छ।
शुक्रवार चितवनको भण्डारा र भरतपुरमा कोणसभाको आयोजना गर्दै अभियान सम्पन्न गरिएको हो । कोणसभामा कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो।
भण्डारामा आयोजित कोणसभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री झलनाथ खनालले देशको शासन सत्ता दलाल पुँजीवादमा सिमित रहेको बताए । जवसम्म दलाल पुँजीवाद जारी रहन्छ तव सम्म साना किसान तथा व्यवसायीले उन्नति गर्न नसक्ने भन्दै समाजवादनै जनताको भोलिको आवश्यकता रहेको औल्याए ।
भरतपुरको चौबीसकोठिमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले अहिलेको समयमा प्रचण्ड सरकारको कुनै विकल्प नरहेको बताए । उनले भने, ‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन । हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा पनि बनाएका छौं । वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरेका छौं । लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई अगाडि लिएर जान्छौं ।’ नेता नेपालले प्रतिगमनकारीहरुले अहिले पनि यो व्यवस्थालाई भत्काउने योजना बनाइरहेको आरोप लगाए ।
उक्त कोणसभामा भएको पार्टी प्रवेश कार्यक्रममा भण्डारामा करिव १०० जना र भरतपुरमा ५० जना नेकपा एमाले लगायत अन्य पार्टी छोडेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेको पार्टीले जनाएको छ । नवप्रवेशी हरुलाई पार्टि अध्यक्ष लगायतका नेताहरुले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । सो अभियान कार्यक्रमलाई निरन्तरता दिनको लागी भोली वुटवल जाने तयारी रहेको आजका आयोजक जिल्ला कमिटी चितवनले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८