• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काठमाडौं उपत्यकामा ८ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

  • खबरदाता

काठमाडौं उपत्यकामा ८ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

साउन २९, २०७९

 

काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोर सडक प्रयोगकर्तालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेकाले ८ बजेसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।

‘पछिल्लो ३ देखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, बागमती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यम-भारी बर्षा भएको, सबै नदीमा जलसतह बढ्दो छ’, महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘मनोहरामा जलसतह सतर्कता आसपास सम्म पुग्न सक्छ। अर्को ३ घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं।’

काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै ठाउँमा ठूलो पानी परेको हो। ती नदीमा पानीको सतह बढेको छ।

गएरातिको पानीले काठमाडौंमा थुप्रिएको फोहर यत्रतत्र बनाएको छ। सडकमा थुप्रिएको फोहर ढलसँगै बगेको छ।

  • प्रकाशित मिति : साउन २९, २०७९, आइतवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८