साउन २५,२०७९
चितवन -चितवन जिल्लाले भरतपुरका अनिल परियार (कान )को हत्या आरोपी दुइजनालाई पुर्पक्षको लागि कारागार पठाउने आदेस दिएको छ।
भरतपुर १२ बस्ने बर्ष २८ का परियारलाई भरतपुर–७ स्थित कृष्णपुर खेल मैदाननजिकै २०७९ वैशाख २५ गते साँझ साढे ७ बजेको समयमा अज्ञात समूहले परियारलाई हतियार प्रयोग गरी हत्या गरेका थिए।
उक्त हत्या आरोपमा पक्राउ परेका विश्व भन्ने हेमन्त वास्तोला र राहुल परियार भन्ने सुनिल राउतलाइ अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ भने सोही मुद्दाका बिक्रम भन्ने रोहित प्रसाद सिलवाल २० हजार धरौटीमा रिहा गरेको छ।
घटना भएको एक महिनापछि जेठ २४ गते बास्तोला, सिलवाल र राउत पक्राउ परेका थिए । अन्य ३ जना अझै फरार छन्। मृतकको दाइ सागर परियारले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८