• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

एकैदिन १ हजार बढी संक्रमित थपिए, दुई जनाको मृत्यु

  • खबरदाता

एकैदिन १ हजार बढी संक्रमित थपिए, दुई जनाको मृत्यु

साउन २४, २०७९

 

पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ९० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ३ सय जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।

मन्त्रालयका अनुसार आज ४३८ कोरोना संक्रमित निको भएका छन् । निको हुनेको दर ९८ दशमलव २ प्रतिशत रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भको जनाइएको छ।

  • प्रकाशित मिति : साउन २४, २०७९, मंगलवार १६:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८