साउन २३,२०७९
चितवन । चितवनमा ७५ जनाको नमूना परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १२ र खैरहनि नगरपालिकामा ३ गरि १५ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनमा हाल ७९ जना आइसोलेसनमा रहेका छन भने ६ जनाको अस्पतालमा उपचार भइरहेको छ।
कोरोना संक्रमणबाट चितवनमा आइतबार १ जनाको मृत्यु भएको छ। यो सगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५० पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८