• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

कोरोनाका संक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

  • खबरदाता

कोरोनाका संक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

साउन २२,२०७९

चितवन- कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने ४८ वर्षिय पुरुष रहेका छन् ।

निमोनियाको समस्या भई शनिबार पुरानो मेडीकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएका उनको भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचार भईरहेको थियो ।

उपचारका क्रममा उनको आइतबार दिउँसो १ः३० वजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हाल ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । जस मध्ये ४ जनाको अस्पतालमा उपचार भईरहेको छ भने अन्यको होम आइसोलेसनमा उपचार भईरहेको कार्यालयले जनाएको छ । जिल्लामा तेस्रो चरणको कोरोना सङ्क्रमण सुरु भए संगै यहाँ कोरोनाका कारण मृत्यु भएको पहिलो घटना हो ।

जिल्लामा हाल सम्म ३३ हजार ७४५ जना कोरोना सङ्क्रमित भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार ३३ हजार २०८ जना उपचार भई घर फर्कीएका छन् भने ४५० जनाको मृत्यु भएको छ ।

  • प्रकाशित मिति : साउन २२, २०७९, आइतवार १७:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८