• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनविरूद्ध तालमेल आवश्यक : शशांक कोइराला

  • खबरदाता

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनविरूद्ध तालमेल आवश्यक : शशांक कोइराला

साउन २१, २०७९

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्।

सञ्चारकर्मीसँग शनिबार चितवनमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए।

‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ,’ उनले भने।

तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले एक सय सिट पाउनुपर्ने उनको भनाइ छ।

तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुपर्‍यो।’

अहिलेको परिस्थितिमा सबै दलहरू कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो।

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनविरूद्ध एक भएका दलहरू एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए।

यसैबीच नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको बताए।

‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनुपर्छ,’ उनले भने।

देशलाई स्थिर सरकार दिन पनि पदाधिकारीहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भ्रातृ संस्थाहरूले साउन महिना भित्रै पूर्णता पाउने बताए। तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचनपछि भ्रातृ संस्थाहरूको अधिवेशन हुने बताए।

‘भातृ संस्थाहरूले पूर्णता पाउँछ। अनि निर्वाचनमा जान्छन्। भ्रातृ संस्थाको अधिवेशन निर्वाचन पछि मात्रै होला,’ उनले भने।रासस

  • प्रकाशित मिति : साउन २१, २०७९, शनिवार १२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८