साउन २०,२०७९
चितवन – पुरानो घर भत्काउने क्रममा पर्खालले च्यापिएर एक जना घाइते भएका छन।
घाइते हुनेमा रौतहट घरभइ हाल भरतपुर १२ मिलन चोक बस्ने बर्ष ३८ का राजेश चौधरी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो अन्दाजी ४ बजेको समयमा जिल्लाको भरतपुर महानगरपालिका ११ स्थित शेर बहादुर पराजुलिको घर भत्काउने क्रममा पर्खाल ढलेर चौधरी घाइते भएका थिए। उपचाररत उनको अबस्था खतरा मुक्त रहेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८