साउन २०, २०७९
पछिल्लो चौबिस घण्टामा देशभर ९१२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ४९१ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।
मन्त्रालयका अनुसार आज ३७० कोरोना संक्रमित निको भएका छन् । निको हुनेको दर ९८ दशमलव २ प्रतिशत रहेको छ। हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ७६० रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८