साउन १९,२०७९
आज देशभर ७६० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, पाँच हजार ९२६ स्वाब परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको हो। आज दुई हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जनामा र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६९ पुगेको छ।
त्यस्तै, ३२४ जना कोरोनाबाट मुक्त भएका छन्। यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६०२ पुगेको छ
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८