• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुई स्थानमा पहिरो, नारायणगढ – मुग्लिङ सडक खण्ड अबरुद्ध

  • खबरदाता

दुई स्थानमा पहिरो, नारायणगढ – मुग्लिङ सडक खण्ड अबरुद्ध

साउन १७,२०७९

 

लगातारको बर्षाका कारण नारायणगढ(मुग्लिन सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका २९ स्थित केराबारी र इच्छाकामनाको १ र २ नम्बर पुलको बिचमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १ र २ नम्बर पुलको बिचमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : साउन १७, २०७९, मंगलवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८