साउन १६, २०७९
पछिल्लो चौबिस घण्टामा देशभर ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ५ हजार ९०९ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।
बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।यो सगै हाल सम्म कोरोनाका कारण ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन।
मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमित २६४ जना निको भएका छन् । निको हुनेको दर ९८ दशमलव ३ प्रतिशत रहेको छ। हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको मन्त्रालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८