• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बलात्कार आरोपितको पशुपतिमा महायज्ञ

  • खबरदाता

बलात्कार आरोपितको पशुपतिमा महायज्ञ

साउन १२, २०७९

 

पशुपति मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञु मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले ‘बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञु भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन्। सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो।

 

उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो। महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो। ‘सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानु नामक संस्थाले महायज्ञ आयोजना गरेको हो । जसका मुख्य पात्र ‘सिद्धबाबाु का नामले परिचित कृष्ण गिरी हुन् । उनीमाथि बलात्कारको आरोप छ। सुनसरीको चतराधाम आश्रममा बस्ने सिद्धबाबाविरुद्ध एक महिलाले जबरजस्ती करणी (बलात्कार) को आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार २०७६ कात्तिक ३ गते राति उनीमाथि सिद्धबाबाले बलात्कार गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : साउन १२, २०७९, बिहीवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८