• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

चितवनका १३ सहित देशभर थपिए ६३८ कोरोना संक्रमित

  • खबरदाता

चितवनका १३ सहित देशभर थपिए ६३८ कोरोना संक्रमित

 

साउन १०,२०७९

 

पछिल्लो २४ घन्टामा चितवनका १३ सहित देशभर थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो।

पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर तीन हजार ७१४ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा दुई जनाको मृत्यु भएको छ।

२१८ जना संक्रमित निको भएका छन्।

  • प्रकाशित मिति : साउन १०, २०७९, मंगलवार १६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८