साउन ९,२०७९
नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५७ पुगेको छ।
सोमबार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ५३४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर ३ हजार ८४ पीसीआर तथा १ हजार ७१६ एन्टिजेन परीक्षण भएको छ।
यस्तै आज गरिएको परिक्षणमा चितवनका ५ जनामा संक्रमण पुष्टि भएको छ। हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २८ पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८