• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

झापामा तीनजना किशोरी एकै रुखमा झुण्डिएको अवस्थामा भेटिए

  • खबरदाता

झापामा तीनजना किशोरी एकै रुखमा झुण्डिएको अवस्थामा भेटिए

साउन ८, २०७९

 

झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएर मृत अवस्थामा भेटिएका हुन्।

घटनाको प्रकृति हेर्दा उनीहरु तीनैजनाले आत्महत्या गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताए।

प्रहरीका अनुसार दुईजना किशोरी एउटै हाँगो र एकजना अर्को हाँगोमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

झुन्डिएको अवस्थामा भेटिएकाहरुमा कचनकवल(५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना छन्।

स्थानीयबासीले उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट हराएको बताएका छन्।

उनीहरूलाई आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरी बोलाएका थिए।

ती किशोरी चिया बगानमा काम गर्ने मजदुर थिए। प्रहरीले उनीहरुको मृत्युको कारण खुलिनसकेको जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेर शव उठाइरहेको छ।

  • प्रकाशित मिति : साउन ८, २०७९, आइतवार १२:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८