• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

डब्ल्यूएचओद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

  • खबरदाता

डब्ल्यूएचओद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

साउन ८, २०७९

 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। बैठकमा लामो छलफलपछि डब्ल्यूएचओ​ले यस्तो घोषणा गरेको हो । मंकीपक्स अहिलेसम्म सबै देशका लागि चिन्ताको विषय बनेको छ ।

अमेरिकामा पहिलो पटक दुई बालबालिकामा यो संक्रमण भेटिएको छ । दुवै बालबालिकाको अवस्था सामान्य रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उपचारका लागि उनलाई एन्टिभाइरल औषधि टेकोभिरिमेट दिइएको छ । रिम्रुका अनुसार यो औषधि ८ वर्षभन्दा मुनिका बालबालिकालाई गम्भीर संक्रमणको जोखिम हुने भएकाले दिनुपर्छ ।

संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् । यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको डब्ल्यूएचओले जनाएको छ ।

 

  • प्रकाशित मिति : साउन ८, २०७९, आइतवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८