साउन ७,२०७९
चितवन – जिल्लामा रगतको अभाव भएपछि रगत पुर्ति गर्न चितवनका पत्रकार आफै सकृय भएका छन।
रगतको अभावलाइ मध्यनजर गर्दै पश्चिम चितवन पत्रकार मञ्चले आउँदो २८ गते भरतपुर १९ को रामपुर बजारमा बृहत् रक्तदान कार्यक्रमको तयारी गरेको छ।
जिल्लामा केहि समय देखि रगतको अभावले बिरामीको उपचारमा समस्या हुन थालेकोले रगत संकलन कार्यमा लाग्नु परेको मञ्चका अध्यक्ष अपिल घिमिरेले बताए । बर्षा र गर्मीका कारण रक्तदान क्याम्प आयोजना हुन नसकेको र भएपनि दाताहरुको कम उपस्थितिले कम मात्रामा रगत संकलन हुँदा आफुहरुले रक्तदान कार्यक्रम गर्न लागेको उनले बताए । उक्त कार्यक्रममा सकेसम्म सबैलाई उपस्थिति भइ रगत दान गरिदिन घिमिरेले अनुरोध समेत गरेका छन।
रगत अभाव भएपछि चितवनमा अहिले बाहिरी जिल्ला बाट रगत ल्याउनु पर्ने बाध्यता छ । चितवनमा दैनिक १५० युनिट सम्म रगतको माग हुने गरेको छ।
क्यान्सरका अतिरिक्त यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ। मेडिकल कलेजहरुमा अंग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ। राजधानी काठमाडौँपछि धेरै प्रसूति भरतपुरमा हुने गर्दछन्। दुर्घटनाका बिरामीको सङ्ख्या पनि यहाँका अस्पतालहरुमा धेरै हुने गर्दछ। प्रसूति र दुर्घटनाका घाइतेहरुलाई पनि रगतको माग बढी हुने गर्दछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८