साउन ७ , २०७९
देशभर थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार थप ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९९६ जनाको कोरोना परीक्षण गरिएको थियो।
जसमध्ये एक हजार ८८ जनाको पिसिआर र एक हजार ९०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
पिसिआरबाट दुई सय १६ र एन्टिजेनबाट एक सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै ८६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।
देशभर दुई हजार ९७१ जना सक्रिय संक्रमित छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८