• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कार्यालय भित्रै रक्सीले मातेका विद्युत प्राधिकरण भरतपुरका कर्मचारीले पत्रकार कुटे

  • खबरदाता

कार्यालय भित्रै रक्सीले मातेका विद्युत प्राधिकरण भरतपुरका कर्मचारीले पत्रकार कुटे

 

असार ३१,२०७९

चितवन – नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीले पत्रकार कृष्ण आचार्यलाई आक्रमण गरेका छन।

समाचार संकलनका लागि गएका नारायणी अनलाइनका पत्रकार आचार्य माथि समाचार संकलनका क्रममा मादक पदार्थ सेवन गरेर वसेका कर्मचारीहरुले कुटपिट गरेका हुन ।

कार्यालय हाता भित्रै रक्सी पाटी चलिरहेको सूचना पाएका आचार्य कार्यालय भित्रको अनौठो दृश्यको फोटो खिचेर बाहिरिने क्रममा उनलाई कर्मचारीहरुले घेरा हाली कुटपिट गरेका हुन । आक्रमण हुन थालेपछि उनले बिधुत कार्यालयको पर्खाल नाघेर ज्यान बचाएका थिए।

प्राधिकरणका कर्मचारीहरुले नजिकै रहेको चितवनपोष्टको कमर्यालय सम्म लखेटेको अचार्यले बताए । उनले भने, ‘चितवन पोष्टमा लुकेर ज्यान वचाउन सफल भए ।’

आचार्यको शरिरमा चिथारेको र कुटपिट गरेको डाम र लगाएको कपडा च्यातिएको अबस्थामा रहेको पत्रकार राजु चौधरीले जानकारी दिए । चौधरीका अनुसार अहिले घटना स्थलमा प्रहरी,पत्रकार र बिधुत प्रधिकरणका कर्मचारीहरु द्वारा सिसि टिभि फुटेज हेर्ने क्रम जारी रहेको छ । घटनाको बिषयलाई लिएर पत्रकार सम्बध संघ संस्थाहरुले बिरोध जनाएका छन् ।

नेपाल प्रेस युनियन चितवनले घटनाका दोशिलाई तत्काल कारबाही गर्न माग गरेको छ । अध्यक्ष अनिल ढकालले दोशिलाई कारवाही गर्दै स्वतन्त्र प्रेसको मर्यादा राख्न आग्रह गरेका छन । पत्रकार माथि कर्मचमरीले मादक पदार्थ सेवन गरेर गरिएको यो घटना पत्रकारीता माथिको आक्रमण भएको ढकालले बताए ।

दोशीलाई कारवाही गरि कानुनी राज्यको प्रत्याभूत गराउनु पर्ने र यस्ता घटना राज्यपक्षबाट नरोकिए चरणवद्व आन्दोलन गर्ने ढकालले चेतावनी दिए।

  • प्रकाशित मिति : असार ३१, २०७९, शुक्रवार २२:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८