• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

संक्रमण बढेपछि भरतपुर अस्पतालले भन्यो , स्वास्थ्य मापदण्डको पालना गरौं

  • खबरदाता

संक्रमण बढेपछि भरतपुर अस्पतालले भन्यो , स्वास्थ्य मापदण्डको पालना गरौं

 

असार २९,२०७९

कोरोना संक्रमण बढ्न थालेपछि भरतपुर अस्पतालले स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

अस्पतालले आज एक सूचना जारी गर्दै चितवनमा कोरोना संक्रमण बढ्न थालेकोले सतर्क रहन अपिल गरेको हो।

सूचनामा जनस्वास्थ्यका मापदण्डहरु पालनामा ध्यान दिन अपिल गरिएको छ । अस्पतालले भनेको छ, ‘ सही तरिकाले मास्क लगाउने, बारम्बार साबुन पानीले हात धुने, भीडभाड नगरी दुई मिटर भौतिक दूरी कायम गर्नुपर्छ ।’

आज मात्रै देश भर २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। निको हुने ४५ जना रहेका छन।

  • प्रकाशित मिति : असार २९, २०७९, बुधवार १९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८