असार २५,२०७९
जनस्तरबाट ब्यापक बिरोध आएपछि बालेन शाहले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाइने भएका छन।
काठमाडौं महानगरपालिकाका मेयर शाहले शनिबार दिउँसो सामाजिक संजाल फेसबुक मार्फत सो कुराको जानकारी गराएका हुन।
‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्।
यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए।
उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको सालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका थिए।
महानगरले यम बुद्धको सालिक बनाउने निर्णय गरेपछि ठुलो संख्यामा सामाजिक संजाल प्रयोग कर्ताहरु बालेन बिरुद्ध खनिएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८