• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भक्तपुरमा बस र स्कुटर ठक्कर खाँदा किशोरीको मृत्यु

  • खबरदाता

भक्तपुरमा बस र स्कुटर ठक्कर खाँदा किशोरीको मृत्यु

असार २२, २०७९

 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङ छिन् ।

मंगलबार दिउँसो बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रेजिनाको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : असार २२, २०७९, बुधवार १३:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८