असार २१,२०७९
रामेछापको खाँडादेवीमा यात्रुबाहक बस दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ।
खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार थियो ।
मृतकहरू चार जना महिला र पाँच जना पुरूष छन्। उनीहरूको सनाखत हुन बाँकी छ।
बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा पर्दा २२ जना घाइते छन्। घाइतेहरूलाई उपचारको लागि धुलिखेल पठाइएको छ। चार जनालाई हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।
बस रामेछापबाट काठमाडौं आउँदै थियो। दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८