• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बल्खुमा गाडीको ठक्करबाट एक बालकको मृत्यु

  • खबरदाता

बल्खुमा गाडीको ठक्करबाट एक बालकको मृत्यु

असार १९, २०७९

काठमाडौंको बल्खुमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

गाडीको ठक्करबाट मृत्यु हुनेमा पाँच वर्षीय बालक आयुस बन्सुर रहेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नम्बरको गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो। आयुष भारत, महाराष्ट्र घर भएका योगिता बन्सुका छोरा हुन्।

दुर्घटनामा गम्भीर घाइते आयुषको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।रासस

  • प्रकाशित मिति : असार १९, २०७९, आइतवार २१:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८