• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

दुबईको ‘सुपर जनरल’ ब्राण्ड चितवनमा

  • खबरदाता

दुबईको ‘सुपर जनरल’ ब्राण्ड चितवनमा

असार ९,२०७९

चितवनः दुबईको सुपर जनरल ब्राण्डको बिक्रीवितरण चितवनबाट पनि सुरु भएको छ।

बिहिवार एक कार्यक्रमको आयोजना गर्दै नारायणगढको लीलाचोक सुपर दुबईको ब्राण्ड “सुपर जनरल” को बिक्री केन्द्रको उद्घाटन गरिएको हो।

सुपर जनरलको अधिकारिक बिक्रेताको रुपमा अल्फा ईलेक्ट्रोनिक्स रहेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उक्त सोरुमको उद्घाटन गरेका हुन।

यस अघि छुट्टा छुट्टै व्यवसाय गर्दै आएका चार युवाहरुको संयुक्त लगानीमा अल्फा ईलेक्ट्रोनिक्स सञ्चालनमा आएको आएको हो । अल्फा ईलेक्ट्रोनिक्समा सुपर जनरल ब्राण्डको टिभी, फ्रिज, वासिङ मेसिनलगायतका साना ठूला घरायसी तथा कार्यालयका लागि आवश्यक ईलेक्ट्रोनिक्स सामान प्राप्त गर्न सकिने सञ्चालक गौरव घिमिरे ९विक० ले जानकारी दिए ।

सबै ईलेक्ट्रोनिक्स सामानमा वारेन्टी र ग्यारेन्टी रहने उनले बताए। शोरुमसँगै सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याईएको छ । उक्त ब्राण्डको कुनै पनि सामानमा समस्या आए शोरुमकै सर्भिस सेन्टरले मर्मत गर्ने उनले जानकारी दिए । सर्भिस सेन्टरमा २४ घण्टा भित्र नै मर्मत गरिनेछ । २४ घण्टा भित्र मर्मत हुन नसके उक्त सामान फिर्ता गरेर ग्राहकलाई नयाँ सामान दिईने उनको भनाई थियो ।

शुभरम्भको अवसरमा एक सातासम्मका लागि सामान अनुसार ५ देखि १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । सुपर जनरलको बागमती र गण्डकी प्रदेशमा गरी १२ वटा शो रुम सञ्चालनमा छन् । नेपालमा गोल्छा अर्गनाइजेसनको डि इन्टरनेशनलले सुपर जनरल ब्राण्डको सामान भित्र्याउने गरेको छ ।

  • प्रकाशित मिति : असार ९, २०७९, बिहीवार १४:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८