• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते

  • खबरदाता

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते

असार ७,२०७९

 

चितवन – भरतपुरमा स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

भरतपुर महानगरपालीका–४ अनुपम चोकस्थित भित्री सडक खण्डमा डेरी चोकबाट यज्ञपुरी चोकतर्फ जाँदै गरेको १ क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कुलको बसले आनन्दपुरबाट भरतपुर आउदै गरेको ना ३३ प ३६६६ नम्बरको मोटरसाइकललाई आज बिहान करिब १० बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकलको पछाडि सवार भरतपुर–४ बस्ने ३४ वर्षीय बिनोद थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । गम्भिर अवस्थाका घाइते थापाको टाउको र खुट्टाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको अधिकारीले बताए ।

मोटरसाइकल चालक बाग्लुङ जिल्ला हरिया गाँउपालिकाका ३४ वर्षीय आयुष बोहोराको सोही कलेजमा उपचार भइरेको प्रहरीले जनाएको छ स। बोहोराको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको अधिकारीले बताए ।

  • प्रकाशित मिति : असार ७, २०७९, मंगलवार १४:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८