• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

  • खबरदाता

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

असार ६, २०७९

गोरखा – गोरखामा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ।

सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत् लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बुलाई करेन्ट लागेको हो।

ताप्लेजुङ स्थायी घर भएका उनी करेन्ट लागेपछि भुइँमा खसेका थिए। गम्भीर घाइते लिम्बुको उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

  • प्रकाशित मिति : असार ६, २०७९, सोमवार २१:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८