असार ५,२०७९
चितवन — नारायणगढ- मुग्लिन सडक खण्डमा एक बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन।
काठमाडौंबाट धनगढीका लागि हिँडेको ना ६ ख ७४६३ नम्बर बसका सहचालक गएराति चितवन नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर खोलामा बेपत्ता भएका छन् ।
कैलाली गोदावरीका ३५ वर्षीय सहचालक तेजबहादुर बोहरा राति दुई बजे बसबाट झरेर खाजाका लागि चाउचाउ किन्न गएका बेला सो घटना भएको चितवन प्रहरीले जनाएको छ ।
खहरे खोलामा खसेका बोहराको चप्पल केही तल फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए । बोहराको खोजीका लागि चितवन कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयका उद्धारकहरू पनि परिचालन हुने अधिकारीले बताएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८