• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

लायन्स क्लब अफ चितवन आरोग्यले निःशुल्क योग शिबिर गर्ने

  • खबरदाता

लायन्स क्लब अफ चितवन आरोग्यले निःशुल्क योग शिबिर गर्ने

असार ४,२०७९

चितवन – लायन्स क्लब अफ चितवन आरोग्यले एक दिने ‘बृहत निस्शुल्क योग प्रशिक्षण’ कार्यक्रम गर्ने भएको छ।

सनिवार भरतपुरमा पत्रकार सम्मेलन गर्दै क्लबले ८ औं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर असार ७ गते मंगलबार योग शिविर गर्न लागेको जनाएको छ।

योग शिबिर भरतपुरको जागृति चोकमा रहेको धावन रिकृएसन सेन्टरमा हुन लागेको हो। क्लबका अध्यक्ष डा. विशाल सापकोटाले उक्त योग प्रशिक्षणमा करिब २ सय जना सम्मको सहभागिता हुने अनुमान गरिएको जानकारी दिए।

विहान साढे ६ बजेदेखि साढे ७ बजेसम्म योग प्रशिक्षण हुनेछ । क्लबका वरिष्ठ उपाध्यक्ष लक्ष्मण थापाले स्वास्थ्य क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको अगुवाईमा स्थापना भएको चितवन आरोग्यले स्वास्थ्य क्षेत्र भित्र रहेर सामाजिक कामहरु गर्दै आएको बताए।

सन २०२१ मा स्थापना भएको यस क्लबको मुख्य उदेश्य पनि स्वास्थ्य क्षेत्रमानै केन्द्रीत रहेको थापाले बताए।

उक्त क्लबले ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई निस्शुल्क हाडजोर्नी तथा नशा रोग सम्बन्धि उपचार गरिरहेको छ। अबका दिनमा अन्य बर्गलाई पनि लक्षित गर्दै अन्य रोगहरुको समेत निस् शुल्क उपचारका कार्यक्रम ल्याइने क्लबका सचिव सुदीपराज सुवेदीले बताए ।

कार्यक्रममा रिजन चियपरसन बिनोद पन्तले योग शिबिरका बारेमा हुने फाइदाको बारेमा प्रकाश पारेका थिए। बद्री प्रसाद घिमिरेले स्वागत मन्तव्य राखेको सो कार्यक्रम क्लबका सचिब सुदिपराज सुबेदीले संचालन गरेका थिए।

  • प्रकाशित मिति : असार ४, २०७९, शनिवार २०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८