असार २,२०७९
चितवन – न्युरो टिप्न गएकि एक महिलाको शब फेला परेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर २७ की २३ वर्षिया रेखा बस्नेतको शब बाघले खाईरहेको अबस्था फेला परेको हो ।
बस्नेतको शरिरको भाग खाईरहेको अबस्थामा फेला परेपछि आक्रमणकारी बाघलाई धपाउनका नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार विहान ७ वजे निगुरो टिप्न गएकी बस्नेलाई स्थानीय राधाकृष्ण सामुदायीक वनमा बाघले आक्रमण गरेको थियो ।
आक्रमण भएको स्थान भन्दा ३ सय मिटर पश्चिममा टाउको र छातिको भाग खाईसकेको अबस्थामा बस्नेतको शब भेटिएको कार्यालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८