• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

आजदेखि नियमित साप्ताहि बिदा शनिबार मात्र

  • खबरदाता

आजदेखि नियमित साप्ताहि बिदा शनिबार मात्र

असार १, २०७९

 

सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ ।

सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले जेठ १ गतेदेखि परीक्षणका लागि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

जेठको मध्यतीर लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार यो निर्णयलाई असार १ गतेदेखि खारेज गर्ने प्रस्ताव भएको थियो। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।

यसअघि सरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने तथा विहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो । अब कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

नेपालमा यसअघि प्रशासन सुधार आयोगको प्रस्तावअनुसार २०५६ सालमा सातामा दुई दिन बिदा दिइए पनि केही समयमै बन्द भएको थियो।

  • प्रकाशित मिति : असार १, २०७९, बुधवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८