• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्कुटर र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु , दुई घाइते

  • खबरदाता

स्कुटर र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु , दुई घाइते

जेठ ३१,२०७९

चितवन – स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन।

मंगलबार दिउँसो १ बजेको समयमा कालिका नगरपालिका ५ सिमाचोकस्थित भित्रि सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना३९ प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोकबाट पदमपुर सामुदायिक वन तर्फ आउँदै गरेको प्रदेश २-०३-००७ प ५६७५ नम्बरको स्कुटर एक आपसमा ठोक्किएको हो ।

दुघटनामा परी मोटरसाइकलको पछाडि सवार कालिका ९ का ५० वर्षीय बलबहादुर तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीले जानाकरी दिएको छ । गम्भीर घाइते भएका तामाङको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस ९पुरानो मेडिकल कलेज० मा उपचारको क्रममा १स्४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक सोही स्थानका प्रदिप कुमार श्रेष्ठ र स्कुटरको पछाडि सवार कालिका ३ का ६९ वर्षीय सुकबहादुर तामाङ रहेका छन । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुबैको अवस्था मध्यम रहेको छ ।

स्कुटर चालक कालिका ९ का ३६ वर्षीय राजु भन्ने बिजमान तामाङ सम्पर्कमा नरहेको प्रहरीले जानकारी दिएको छ । उनको प्रहरीले खोजी गरिरहेको छ ।

  • प्रकाशित मिति : जेठ ३१, २०७९, मंगलवार १७:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८