• असार १४, २०७९, मंगलवार Tuesday, 28 June, 2022
centreal college

अंकुरम एकेडेमीको एसईइ फुडसल प्रतियोगितामा प्रेमबस्ति पहिलो

  • खबरदाता

अंकुरम एकेडेमीको एसईइ फुडसल प्रतियोगितामा प्रेमबस्ति पहिलो

जेठ २९,२०७९

भरतपुर – एसईई को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि अंकुरम एकेडेमी भरतपुरले फुडसल प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरुमा लुकेर रहेको क्षमता विकाससंगै बैयक्तिक र शारिरिक विकासमा सहयोग पुर्‍याउने उद्धेश्यले  अंकुरमले प्रतियोगिता आयोजना गरेको एकेडेमीका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

प्रतियोगितामा प्रेमबस्ती माविको  समुह प्रथम भयो भने  फस्ट रनरअफ अंकुरम एकेडेमीको समुहले हात पार्न सफल भयो । विद्यार्थीहरुमा थप हौसला बढाउन प्रथम हुनेलाई ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद ५ हजार र फस्ट रनरअफलाई प्रमाणपत्र,मेडल सहित ३ हजार नगद प्रदान गरिएको एकेडेमीका थियो।
प्रतियोगितामा एईईको परिक्षा दिएर बसेका २४ समुहका १ सय ९२ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अंकुरम एकेडेमीले विद्यार्थीहरुको चाहना अनुसार प्रयोगात्मक रुपमा स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

  • प्रकाशित मिति : जेठ २९, २०७९, आइतवार १५:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८