• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिजुलिको तारमा झुन्डिएका नुवाकोटे माइलाको ९ घन्टापछि उद्धार

  • खबरदाता

बिजुलिको तारमा झुन्डिएका नुवाकोटे माइलाको ९ घन्टापछि उद्धार

जेठ २८,२०७९

बिजुलिको तारमा झुन्डिएका एकजनालाइ करिब ९ घन्टापछि उद्घार गरिएको छ।

नुवाकोटको ककनीस्थित त्रिशुली प्रशारण लाइनमा झुन्डिएका माइला विकलाइ नेपाली सेनाको टोलीले उद्धार गरेको हो।

शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रशारण लाइनको विद्युतीय पोलमा चढेका थिए। उनी चढेको देखेपछि स्थानीयले विद्युत लाइन बन्द गराउन लगाएका थिए।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उनको उद्धार गर्न सहयोग मागेपछि नेपाली सेनाको हेलिकप्टरसहितको टोली उद्घारको लागि गएको थियो।

पोलपछि उनी तारमा समेत झुन्डिन पुगेका थिए। उनलाई स्थानीय तथा प्रहरीले खाना खुवाउन बोलाएर पनि तल झार्ने प्रयास गरेका थिए। तर उनी झरेनन्।

यसरी दिनभर जस्तो विद्युत आपूर्ति बन्द हुँदा नेपाल विद्युत प्राधिकरणले भारतबाट आपूर्ति गरेको हो। दिनभर विद्युत बन्द हुँदा एक करोडको हाराहारीमा क्षति पुगेको प्रवक्ता सुरेशबहादुर भट्टराईले‍ जानकारी दिए।

  • प्रकाशित मिति : जेठ २८, २०७९, शनिवार २०:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८