• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहरो ताछेर मुग्लिन-आँबुखैरेनी सडक खुलाउने तयारी

  • खबरदाता

पहरो ताछेर मुग्लिन-आँबुखैरेनी सडक खुलाउने तयारी

जेठ २७,२०७९

अबरुद्ध मुग्लिन-आँबुखैरेनी सडक खण्डमा पहरो ताछेर यातायात खुलाउने तयारी गरिएको छ।

सडक विभागका इन्जिनियरहरूले पहरो ताछेर एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने बताएपछि डोजरको सहायताले काम सुरु गरिएको छ।

अन्य समस्या देखा नपरे साँझसम्म साना गाडीहरू पास गराउन सकिने अनुमान प्रहरीले गरेको छ।

मुग्लिन-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडकमा शुक्रबार बिहान सडक भासिएको थियो। सडक भासिएको ठाउँमा एउटा निजी कार र दुई जनाको शव फेला परेको थियो। जस मध्ये एक जनाको पहिचान खुलेको छ।

  • प्रकाशित मिति : जेठ २७, २०७९, शुक्रवार १४:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८