जेठ २७,२०७९
भरतपुर – तोपे खोलामा गएको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिङ सडक सुचारु भएको छ।
शुक्रबार बिहान ८ः४५ बजेको समयमा उक्त सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपे खोलामा सुख्खा पहिरो झरेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाइ ११ः१५ बजेबाट गाडी सुचारु भएको छ ।
सडकसँग समन्वय गरी इलाका प्रहरी कार्यालय मुग्लिङ र जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवरुद्व भएको सडकमा पहिरो पन्छाइ दुईतर्फी सडकमा गाडी सुचारु गरिएको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८