• चैत ६, २०८०, मंगलवार Tuesday, 19 March, 2024

भरतपुरका अनिल परियार हत्याको आरोपमा तीन जना पक्राउ

  • खबरदाता

भरतपुरका अनिल परियार हत्याको आरोपमा तीन जना पक्राउ

जेठ २६,२०७९

अनिल परियारको हत्यामा संलग्न रहेको आरोपमा चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा चितवन जिल्ला  भरतपुर महानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ३५ को बिश्व भन्ने हेमन्त बास्तोला,भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २३ को राहुल पारियार र  माडी नगरपालिका घर भई हाल भरतपुर वडा नम्बर १५ मा डेरा गरी बस्ने बर्ष २५ को रोहित सिलवाल रहेका छन।

घटनाको अनुसन्धान गर्ने क्रममा र मृतकको आफन्तबाट परेको किटानी जाहेरी दरखास्तका आधारमा चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जेठ २४ गते निजहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ।
बैशाख २५ गते साझ अन्दाजी साढे सात बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर स्थित खेल मैदान नजिक धारिलो हतियार प्रयोग गरि परियारको हत्या गरिएको थियो।

तीनैजनालाई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बास्तोला नेपाल तरुण दल चितवनका प्रबक्ता हुन भने राहुल हत्या गरिएका परियारका सौतेनी आमाका छाेरा हुन।

आजै तरुण दल चितवनले आफ्ना कार्यकर्तालाई फसाउन लागिएको भन्दै आपत्ति सहितको बिज्ञप्ति जारी गरेको थियो।

  • प्रकाशित मिति : जेठ २६, २०७९, बिहीवार १९:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८