जेठ २४,२०७९
बाघले आक्रमण गर्दा भरतपुरकी एक महिला बेपत्ता भएकी छन।
मंगलबार अन्दाजी ४ बजेको समयमा भरतपुर २३ को घैलाघारी सामुदायिक बनमा निउरो टिप्न गएकी सोही स्थान घर भएकी मंगली बोटेलाई बाघले आक्रमण गरि जङ्गल तिर लगेको चितवन प्रहरीले जनाएको छ।
अन्दाजी ५५-६० बर्षकी बोटे सहित अन्य ४ जना जङ्गलमा निउरो टिप्न गएकोमा अन्यले भागेर ज्यान बचाएका थिए।
अहिले प्रहरी , आर्मी सहित ४ वटा हात्तिबाट खोत कार्य गरिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८