• असार १४, २०७९, मंगलवार Tuesday, 28 June, 2022
centreal college

भरतपुरको कार्यपालिका सदस्यमा सत्ता गठबन्धन विजयी

  • खबरदाता

भरतपुरको कार्यपालिका सदस्यमा सत्ता गठबन्धन विजयी

जेठ २४,२०७९

 

चितवन । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ । आज (मंगलबार) सम्पन्न मतदानबाट कार्यपालिकाको आठ सदस्यमा नेकपा एमालेलाई पराजित गर्दै सत्ता गठबन्धनको प्यानल विजयी भएका हुन्। कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट पाँच जना निर्वाचित भएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट दुई र एकीकृत समाजवादीबाट एक सदस्य निर्वाचित भएका छन् । कार्यपालिकाको महिला सदस्यमा कांग्रेसबाट सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोख्रेल र नर्वदा सापकोटा निर्वाचित भएका छन् । अधिकारीले ९१ मत प्राप्त गर्दा परियार, पोख्रेल र सापकोटाले क्रमशस् ८९, ८७ र ८६ मत प्राप्त गरे ।

यस्तै महिला सदस्यमा नै माओवादी केन्द्रबाट बिना नेपाली निर्वाचित भईन् । उनले ८७ मत प्राप्त गरिन् । उता दलित तथा अलसंख्यकमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक(एक जना निर्वाचित भएका छन् । कांग्रेसबाट गोपाल दराई विजयी हुँदा एकीकृत समाजवादीबाट कोपिला उपरकोटी र माओवादी केन्द्रबाट बिष्णुबहादुर भुजेल विजयी भए ।

दराईले सर्वाधिक ९७ मत प्राप्त गर्दा उपरकोटी र भुजेलले क्रमशस् ९२ र ८६ मत प्राप्त गरे । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भरतपुरमा एक सय ४७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । उनीहरुले नै कार्यपालिका सदस्यका लागि मतदान गरेका हुन् । कांग्रेसका ७७, एमालेका ५०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार तथा एक स्वतन्त्र मतदाता थिए ।

  • प्रकाशित मिति : जेठ २४, २०७९, मंगलवार १७:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८