• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल पक्राउ

  • खबरदाता

होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल पक्राउ

जेठ २१ ,२०७९

 

जोरपाटीको सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। वार्डेनले होस्टेलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डराज न्यौपानेका अनुसार होस्टेलमा भएको यौन दुर्व्यवहारबारे शिक्षालयका प्रिन्सीपल दुर्गानाथ शिवाकोटीसँग सोधपुछ भइरहेको छ।

‘शिक्षालयमा भएको यौन दुर्व्यवहार भएको भन्ने छ। त्यहाँका प्रिन्सीपललाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं। अहिलेसम्म जाहेरी भने आएको छैन’, उनले अन्नपूर्णसँग भने।

विद्यार्थीहरुले घटनाबारे शिक्षालयलाई जानकारी गराए पनि सुनुावाई नभएको अभिभावकहरुको गुनासो छ।

  • प्रकाशित मिति : जेठ २१, २०७९, शनिवार १७:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८