जेठ १४,२०७९
भरतपुर – अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड संचालनमा आएको छ।
सुख्खा पहिरोले गर्दा अवरुद्ध भएको सडक शनिबार बेलुकी ६ः३० बजेदेखि एकतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।
इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ग १ ख ९९०९ नम्बरको हाइस र प्रदेश -३-०१-०२३ च -०५३५ कारलाइ पहिरोले छोप्दा हाइस चालक कावासोति घर भएका बर्ष ३६ का टिकाराम महतो घाइते भएका थिए।
घाइतेको भरतपुरमा उपचार भइरहेको छ। अहिले पहिरो पन्छाउने काम सुरु गरी एकतर्फी सडक नियमित भएको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८