• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगड मुग्लिङ सडकको पन्ध्रकिलोमा ग्यास बुलेटमा आगलागी

  • खबरदाता

नारायणगड मुग्लिङ सडकको पन्ध्रकिलोमा ग्यास बुलेटमा आगलागी

जेठ १३,२०७९

भरतपुर – नारायणगड मुग्लिङ सडक खण्डमा रोकिराखेको ग्यासको बुलेटमा आगलागी भएको छ।

शुक्रवार मध्यान्ह १२:५० बजेको समयमा जिल्लाको भरतपुर २९ स्थिति पन्ध्रकिलोमा नारायणगडबाट मुग्लिन तर्फ जादै गरेको युपि १७ एटि ८६२७ नम्बरको एलपि ग्यास बुलेटमा अचानक आगोलागी भएको चितवन प्रहरी प्रबक्ता नरहरि अधिकारीले जानकारी दिए।

आगलागीको खबर पाउनासाथ नेपाल प्रहरी , नेपाली सेना र दमकलको सहयोगमा साढे १ बजे आगो नियन्त्रणमा आएको थियो। बुलेटको क्याविन र अगाडिको टायर जलेको तर कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ। अन्य अनुसन्धान भईरहेको ।

  • प्रकाशित मिति : जेठ १३, २०७९, शुक्रवार १४:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८