• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शुक्रबारको हावाहुरीले चितवनमा ३ जनाको मृत्यु

  • खबरदाता

शुक्रबारको हावाहुरीले चितवनमा ३ जनाको मृत्यु

जेठ ७,२०७९

चितवन – चितवनमा शुक्रबार बेलुकी आएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयले शुक्रवार साँझ ७ बजेको समयमा आएको हावाहुरीले भरतपुर- ११ भोजाड जंगलको भित्री सडक खण्डमा अटो च्यापिदा २ जनाको मृत्यु भएको हो।

पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना २ ह २२४७ नम्बरको अटोका चालक चालक भरतपुर- ११ लामाटोल बस्ने अन्दाजी बर्ष ५० को प्रदिप कुमार लामा र सोही अटोमा सवार गोरखा गण्डकी गाउँपालिका -६ घरभई हाल भरतपुर -७ स्थिति कटहर चोक बस्ने बर्ष २८ कि माया गुरुङको मृत्यु भएको जनाएको हो।

यसैगरी सोहि अटोमा सवार वर्ष २० की अबिता गुरुङ र बर्ष ५० की तुल मांया गुरुङ सामान्य घाईते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

यस्तै भरतपुर- ११ को बसेनि चोकमा बिशाल चोकबाट बसेनि तर्फ आउदै गरेको ना १ ज ६१४० नं. को म्याजिकलाई रुखले किच्दा उक्त म्याजिकमा सवार भरतपुर ११ बस्ने बर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी डीएसपी नरहरि अधिकारीले बताएका छन्।

  • प्रकाशित मिति : जेठ ७, २०७९, शनिवार ०८:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८