• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

दमकमा थापालाई ५६८ मतको अग्रता

  • खबरदाता

दमकमा थापालाई ५६८ मतको अग्रता

भजेठ ५, २०७९

झापाको दमकमा गठबन्धनका उम्मेदवार राम थापाले ७ नम्बर वडाको करिब दुईतिहाइ मतगणना हुँदा ५६८ मतले अगाडि पुगेका छन् । ७ नम्बर वडामा खसेको ३३५० मतमध्ये अहिलेसम्म २१२८ मतको गणना सकिएको छ ।

 

एमालेले भने ७ मा पछाडि परेपनि ५ बाट त्यसलाई सन्तुलनमा राखेर अगाडि बढ्ने र ६ बाट चुनाव जित्ने दावी गरेको छ । अहिले गणना भइरहेको दमक ७ यसअघि पनि राप्रपाले जितेको वडा हो । त्यहाँ यो पटक पनि निवर्तमान वडाध्यक्ष भीम पौडेल नै उमेदवार छन् । अहिलेसम्म परिणाम घोषणा भएका वडाहरूमा १, २, ३, ८ र ९ मा एमाले विजयी भएको छ भने वडा नम्बर १० र ४ मा नेपाली काँग्रेस विजयी भएको छ ।

दमकको ५ नम्बर वडा एमालेका अध्यक्ष केपी ओलीको वडा हो । त्यहाँ ४३४९ र वडा नम्बर ६ मा २७५४ मत खसेको छ । दमक नगरपालिकामा जम्मा ३९७३६ मत खसेको छ । अब गणना हुन बाँकी मत ८३२५ मत गणना हुन बाँकी छ ।

  • प्रकाशित मिति : जेठ ५, २०७९, बिहीवार १३:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८