• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

भरतपुरमा समाजबादीले खाता खोल्यो, ७ नम्बरमा काफ्ले बिजयी

  • खबरदाता

भरतपुरमा समाजबादीले खाता खोल्यो, ७ नम्बरमा काफ्ले बिजयी

 

जेठ ५,२०७९

चितवन – भरतपुर महानगरपालिका ७ को अध्यक्षमा नेकपा एकीकृत समाजबादीका राजेन्द्रमणि काफ्ले बिजयी भएका छन।

बुधबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार काफ्लेले १७२ मतान्तरका साथ एमालेका सनत कुमार लामिछानेलाइ हराएका हुन। कफ्लेले १ हजार ८९४ मत पाउँदा लामिछानेले १ हजार ७२२ मत प्राप्त गरे।

सोही वडाको दलित महिला सदस्यमा काङ्ग्रेसबाट रिता दर्जि २ हजार १५२ मत ल्याएर बिजय बनेकि छन। उनले एमालेकी शान्ति नेपालीलाइ १ हजार ४९५ मतमा रोकेकी थिइन।

महिला सदस्यमा २ हजार ५२ मत ल्याएर काङ्ग्रेसकी अमृता गौतम बिजयी बन्दा खुल्ला सदस्यमा भने २ हजार ४० मतले काङ्ग्रेसबाटनै किरन अधिकारी र एमालेबाट मिन बहादुर गुरुङ १ हजार ५६१ मत ल्याएर बिजयी भए।

काफ्ले २०७४ को स्थानिय निर्वाचनमा एमालेबाट वडाअध्यक्ष बनेका थिए।

  • प्रकाशित मिति : जेठ ५, २०७९, बिहीवार ०७:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८