• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

एमालेले खोस्यो चितवनको इच्छाकामना

  • खबरदाता

एमालेले खोस्यो चितवनको इच्छाकामना

 

जेठ ४,२०७९

 

चितवन – चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

सत्ता गठबन्धनलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा एमालेका दानबहादुर गुरुङ विजयी भए । उनले ६ हजार ११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन्।

उपाध्यक्षमा पनि एमालेकै माया सिलवालले बाजी मारिन् । उनले पाँच हजार ३४४ मत ल्याईन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा मोआवादी केन्द्रका प्रताप गुरुङले पाँच हजार ४४ मत प्राप्त गरे ।

  • प्रकाशित मिति : जेठ ४, २०७९, बुधवार १९:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८